कृषि उत्पादनसंगै बजारीकरणमा देखिएको समस्यालाई हल गर्ने प्रयासका साथ कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्र, सुदुरपश्चिम प्रदेश, सुन्दरपुर, कंचनपुरद्वारा “कृषि उपज खरिद बिक्रिका लागि अनलाईन प्लेटफर्म” निर्माण गरिएको छ | यस प्लेटफर्मले कृषक तथा कृषि सरोकारवालाहरुलाई खरिद बिक्रि गर्न मदत गर्छ भन्ने आपेक्षा राखिएको छ | यस प्लेटफर्ममा निम्न प्रकारको रजिस्टर गर्न सक्नु हुन्छ |
1. कृषक
2. कृषक समूह
3. कृषि सहकारी
4. कृषि उत्पादन खरिदकर्ता
5. कृषि सामाग्री आपूर्तिकर्ता


Register Now

यस प्रणालीमा कृषक / कृषक समूह / कृषि सहकारीले आफ्नो उत्पादनको विवरणहरु पेश गर्न सक्नु हुन्छ | कृषक / कृषक समूह / कृषि सहकारीले आफ्नो उत्पादनको लागि आवश्यक कृषि सामाग्रीहरु बाली / बस्तु अनुसार खोजेर आपूर्तिकर्तासंग सोझै सम्पर्क राख्न सकिन्छ | साथसाथै आफुले उत्पादन गर्दै गरेको वा गर्न लागेको बाली / बस्तुहरुको व्यावसायिक योजना आवश्यक भए माग गर्न पनि सक्नु हुन्छ | प्रदेशस्तरीय बजारहरुको जानकारी तथा बजार मुल्य पनि यही प्रणाली अन्तर्गत प्राप्त गर्न सक्नुहुन्छ | कृषि उत्पादन खरिदकर्ताले पनि आफुले खरिद गर्न सक्ने बाली / बस्तुको विवरण पेश गर्न सक्नु हुन्छ र उत्पादन गर्दै गर्नु हुँने कृषक / कृषक समूह / कृषि सहकारीहरुसंग सोझै समन्वय गर्न सकिन्छ | कृषि सामाग्री आपूर्तिकर्ताले आफुसंग भएको बीउबिजन / यन्त्र तथा औजार / बिषादी / मल र अन्य कृषि सामाग्रीहरु उपलब्ध परिमाण र मिति राखेर पेश गर्न सकिन्छ |

सफ्टवेयर संचलानमा प्राबिधिक समस्या भएमा सम्पर्क

कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्र
सुदुरपश्चिम प्रदेश, सुन्दरपुर, कंचनपुर
🕿: ९८६८१२६८११
🖄: ratc.sundarpur@gmail.com
🔗: abpstc.sudurpashchim.gov.np
किरण बमनू
कार्यक्रम प्रबन्धक
ड्रिमवर्क सोलुशन
भरतपुर-१२, चितवन
🕿: ९८५५०२४१५८
🖄 kiranbamanu@gmail.com